Logo

सशस्त्रमा डीआईजीसहित १०५ पद रिक्त, को–को छन् दाबेदार ?



काठमाडौं, २० बैसाख :  सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी)देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई, कायम मुकायम वरिष्ठ उपरीक्षक (एसएसपी) आठ, उपरीक्षक (एसपी) ३५ र डीएसपी ६० गरी एक सय पद रिक्त रहेको हो ।

ठूलो संख्यामा उच्च अधिकृत पद रिक्त रहेकाले कार्य सम्पादनमा गम्भीर असर परेको भन्दै सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया अगाडि बढाउन थालेको छ । सशस्त्रका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थपसँगै सशस्त्र मुख्यालयले अन्य पदमा बढुवा प्रक्रिया अगाडि बढाउन लागेको हो । एक साताअघि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुुई एआईजीको म्याद थप गरेको थियो ।

हाल रिक्त दुई डीआईजी पदमा एसएसपी कालिदाज धौबजी, कुमार न्यौपाने र विदुर खड्काको दाबेदारी रहेको छ । उनीहरु तीनै जना नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा प्रवेश गरेका थिए । धौबजी २५ असोज २०५२ मा, न्यौपाने १ फागुन २०५२ र खड्का १ भदौ २०५० मा सईमा प्रवेश गरेका थिए ।

यी तीन जनामध्ये धौबजी र न्यौपाने २० असोज २०७५ र खड्का ७ वैशाख २०७७ मा एसएसपी बनेका थिए । यसअघि डीआईजी बढुवा गर्दा सात पद रिक्त रहेपनि ६ जनालाई मात्र गरिएको थियो । पछिल्लो पटक प्रजाभक्त श्रेष्ठ उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि डीआईजीको दुई पद रिक्त रहेको हो ।

एसएसपीको आठ ओटा पदमा भने कायम मुकायम (कामु) को रुपमा बढुवा गरिने छ । यसअघि सिसं १ का नौ जनालाई दुई पटक गरी कामुका रुपमा बढुवा गरिसकिएको छ ।

अब नेपाल प्रहरीमा २२ पुस २०५५ मा प्राविधिकरुपमा सईमा प्रवेश गरेका प्रविण कँडेल र सिसं २ का सात जना बढुवामा पर्नेछन् । एसपी भएको चार वर्ष नकटेकाले उनीहरुलाई क्रमागतरुपमा कामुको जिम्मेवारी दिन लागिएको हो ।

जसअनुसार, प्रविण कँडेल, विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिउसिना, नीरकृष्ण अधिकारी र सुधिरजंग थापा कामु एसएसपी बन्ने छन् । कायममुकायममा बढुवा भएकाले अहिले नै पदअनुसारको दज्र्यानी चिन्ह र जिम्मेवारी बहन गर्ने भएपनि कन्फर्म गर्दा रोलक्रम भने तलमाथि पर्न जान सक्छ । हाल कामुुको जिम्मेवारीमा नरेहकाले पनि कन्फर्ममा पर्दा उनीहरुलाई उछिन्न भने सक्छ ।

सशस्त्रमा हाल एसपीमा सुधिरजंगपछि किरण बस्नेत, माधवप्रसाद पौडेल, दीपेन्द्र कुँवर (ख), उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का, नरेन्द्र सेन, राजेश उप्रेतीलगायत छन् ।
यस्तै, रिक्त ३५ एसपी पदमा भने नेपाल प्रहरीमा असईमा भर्ना भई हाल डीएसपी रहेका र सशस्त्रमा फ्रेसमा भर्ना भएका सिसं ३ का केही डीएसपी बढुवा हुनेछन् । सिसं ३ का इन्सपेक्टर (हाल डीएसपी) को सेवा अवधि पनि १८ वर्ष भइसकेकाले दुबैलाई मिलाएर बढुवा गर्नुपर्ने मत पछिल्लो समय बलियो हुँदै गएको छ ।

रिक्त ६० डीएसपीमा भने सिसं ६ का इन्सपेक्टर बढुवा हुनेछन् । इन्सपेक्टर भएको १५ वर्षपछि उनीहरु डीएसपी बन्न लागेका हुन् । यद्यपि, सिसं ६ का सबै इन्सपेक्टर डीएसपी बन्न सक्दैनन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार