JavaScript must be enabled in order for you to see "WP Copy Data Protect" effect. However, it seems JavaScript is either disabled or not supported by your browser. To see full result of "WP Copy Data Protector", enable JavaScript by changing your browser options, then try again.
Logo

काभ्रेको जोगीटारमा ‘हरित पार्क’ सञ्चालनमा (फोटो फिचर )



धुलिखेल १ बैशाख :  काभ्रेको मण्डनदेउपुर नपा–१० जोगीटारमा हरित पार्क सञ्चालनमा आएको छ । नवनिर्मित हरित पार्क सर्वसाधारणका लागि नयाँवर्ष २०७८ को अवसर पारेर खुल्ला गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालनमा आएको हरित पार्क १० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्क निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलको १० लाख रुपैंय र स्थानीय संघसंस्था र समाजसेवी,व्यक्तीहरुबाट सहयोग संकलन गरी १८ लाख २१ हजार लागतमा निमार्ण कार्य सम्पन्न गरिएको जोगीटार हरितपार्क निमार्ण समितिका अध्यक्ष श्यामप्रसाद नेपालले बताउनु भयो । अध्यक्ष नेपालका अनुसार पार्कभित्र बाल बगैचा, लभ स्टेशन, सेल्फी चौतारी, र भ्यूटावर, वाईटिङ स्टेशन र पिकनिक स्पोट संचालनमा आएको छ ।

हरितपार्कको उद्घाटन गर्नुहुर्दै बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको बेला गरेको प्रतिवद्धताहरु पुरा हुदै आएको बताउनु भयो । सांसद लम्सालले हरेक विकास निर्माणमा सबै वर्गक्षेत्र र समुदायको समान सहभागीता, सकारात्मक भवना तथा प्रतिवद्धता आवश्यकता रहेको बताउनु भयो । हरितपार्कलाई नयाँ ढंगले संचालनमा ल्याउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । यसैगरी मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले जिल्लाकै कान्छो नगरपालिका भएपनि भौतिक संरचना निर्माण, प्रसाशनीक काम र नीति निर्माणमा जिल्लाकै अग्रणी नगरको रुपमा उदय भएको बताउनु भयो । ९५ सय घरधुरी मध्ये ५५ सय घरधुरीलाई खानेपानीको व्यावस्था भैसकेको बताउनु भयो । पार्क निर्माणका लागि नगरले स्थानीयको माग बमोजिम सहयोग गरेको बताउनु भयो ।

वडा अध्यक्ष, विष्णुमणी नेपालले हरित पार्क निर्माणमा सहयोग गर्नुहुने सबै सहयोगी दाताहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममा नेपाली काग्रेस काभ्रेका उपसभापति अच्यूत पौड्याल डिभिजन वन कार्यालयका धुलिखेलका प्रमुख देविचन्द्र पोखरेल, समाजसेवी कश्यप पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्थानीय यूवा व्यवसायी तथा समाजसेवी श्यामप्रसाद नेपालको नेतृत्वमा हरित पार्कसैगै स्थानीय स्तरमा फुटवल चौर आधुनिक गुठीघर निर्मााणको कमा अन्तीम चरणमा रहेको समाजसेवी राजु नेपालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म

काठमाडौँ २५ फागुन । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने

खाजाको पैसाले ट्रयाकशुट बितरण

बनेपा ५ माघ : काभ्रेको बेथान्चोक गाउँपालिका ६ भुक्देउका रहेको सरस्वती माध्यामिक विद्यालयले खाजाको लागि

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

काठमाडौं, २५ पुस :   नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न

एसईईको रजिष्ट्रेसन खुल्यो हेर्नुहोस् (सूचना सहित)

काठमाडौं, १५ पुस :  माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन

काठमाडौंका विद्यालय तत्काल नखुल्ने

काठमाडौं, १ पुस :  कोभिड९१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ३२ हजार परीक्षार्थी सहभागी

काठमाडौं, ९ मंसिर :  कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि शुरु हुँदैछ । परीक्षामा