२०८१, १४ बैशाख शुक्रबार

यौन भिडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजीनामा

यौन भिडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजीनामा


काठमाडौं, १९ फागुन :  भारतको कर्नाटक राज्यका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको बताएका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ ।

उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । यसअघि जरकीहोलीमाथि सामाजिक अभियान्ता दिनेश कलाहालीले एक महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

जारकीहोली एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि हंगामा मच्चिएको हो । सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकीहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार यो काण्ड सार्वजनिक भएपछि विपक्षी दल भारतीय कांग्रेसले मन्त्रीको राजीनामा मागेको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  ८ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने