२०८१, १० बैशाख सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै


काठमाडौँ, १७ फागुन । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो ।

निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । अब काठमाडौँमा खुद्रा मूल्य पेट्रोल प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा आन्तरिक उडानमा खपत हुने मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ ।

वृद्धि भएको मूल्यमा पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा ६ रुपैयाँ ५६ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  १० : २६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने