२०८१, १४ बैशाख शुक्रबार

धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा

धुलिखेल काभ्रेकै पहिलोे बालमैत्री नगरपालिका घोषणा


धुलिखेल ५ फागुन धुलिखेल नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । धुलिखेल नगरपालिका नेपालको छैठौँ, वागमती प्रदेशको तेस्रो र जिल्लाको पहिलो बालमैत्री नगर बन्न सफल भएको हो ।

नगरपालिकाको ३५ औँ स्थापना दिवसको अवसर पारेर बुधबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको नगरपालिकाका सामाजिक विकास अधिकृत विदुर गौतमले बताउनु भयो । बालमैत्री नगरपालिका नाममा मात्र सिमित नगर्नको लागि नगरपालिकाले विभिन्न रणनितिक योजना पनि बनाएको छ ।

बालमैत्री नगरपालिका बनाउने अभियानलाई विभिन्न संघसंस्थाहरुले समेत सहयोग गरेको थियो । नगरपालिकालाई बालमैत्री बनाउन पछिल्लो समय बालमैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मापन कार्यलाई तिव्रता दिइएको थियो ।

नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि सबै वडामा बाल मैत्री संरचना र उद्यान निर्माण गरेको छ । नगरपालिकालाई बालमैत्री बनाउन सुरु गरिएको ४ बर्ष पछि मात्र सफल भएको नगरपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ फाल्गुन बुधबार  ७ : ३५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने