२०८१, १४ बैशाख शुक्रबार

फाइभजी प्रविधि हस्तान्तरणका लागि ह्वावे तयार

फाइभजी प्रविधि हस्तान्तरणका लागि ह्वावे तयार


काठमाडौं, ३० माघ । चीनको ह्वावे कम्पनि फाइभजी प्रविधि हस्तान्तरणका लागि तयार भएको छ । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुला नीतिलाई समर्थन गर्दै प्रविधि हस्तान्तरणका लागि तयार रहेको बताएका हुन् । चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बोल्दै उनले खुला व्यापार नीतिले आपसी विकास सम्भव बनाउने भन्दै ग्लोबल आईसीटी इकोसिस्टम निमार्णको लागि ह्वावे फाइभजी प्रविधि ट्रान्सफर गर्न इच्छुक रहेको बताए ।

‘अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘किनकि प्रविधि हाम्रो समाज र वित्तीय सन्तुलनको लागि आवश्यक छ । यस्तोमा कुनै पनि एक कम्पनीले एक्लै विश्व उद्योगको विकास गर्न सक्दैन । यसको लागि विश्वभरि ठोस प्रयासको हुन आवश्यक छ ।’

विश्वव्यापी रूपमा फाइभजीकोे सम्भावित प्रभावको बारेमा चासो देखाउँदै उनले भने, ‘हामी अरूलाई उत्पादन लाइसेन्स दिन मात्र होइन, फाइभजी प्रविधिलाई ट्रान्सफर गर्न पनि तयार छौं । जसमा सोर्स प्रोग्राम र सोर्स कोड देखि लिएर हार्डवेयर डिजाइनका साथै यसका ज्ञान र चिप डिजाइन समेत ट्रान्फर गर्न तयार छौं ।’

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  १२ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने