२०८१, १२ श्रावण शनिबार

काभ्रेको कोशीपारीमा खुल्यो ‘मादनकुँडारी होमस्टे’

काभ्रेको कोशीपारीमा खुल्यो ‘मादनकुँडारी होमस्टे’

होमस्टेमा चौरीखोलाको लोकल माछा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नु, कोदाको ढिँडा, रोटी, दूधदही , लोकल रक्सी खाना पाइन्छ


धुलिखेल १२ माघ :   काभ्रेको कोशीपारी क्षेत्रमा सुविधा सम्पन्न मादनकुँडारी होमस्टे संचालनमा आएको छ ।

चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन ग्याङडाडामा गाउँपालिकाकै पहिलो चार कोठाको सुविधा सम्पन्न मादनकुँडारी होमस्टे संचालनमा आएको हो ।
कोशीपारी क्षेत्रलाई कृषि पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न होमस्टे संचालनमा ल्याएको चौरीदेउराली होमस्टे संचालन समितिका संयोजक ज्ञानबहादुर लामाले बताउनु भयो ।

होमस्टे सञ्चालक समते रहेनुभएका लामाका अनुसार गाउँमा आउने पाहुनाले तामाङ सँस्कृति डम्फु, झाँक्री, लामा, तामाङ सेलो नाच पनि हेर्न पाउनेछन् । गाउँघरमा चलिआएको झ्याउरे, दोहोरी, ठाडो भाका लगायतका मनोरञ्चनात्मक कार्यक्रम मादन होमस्टेमा हेर्न पाइन्छ ।

मादन होमस्टेमा पुगेपछि आर्ग्यानिक अन्नको साथमा चौरीखोलाको लोकल माछा लोकल कुखुरा, गुन्द्रुकको अचार, स्थानीय ठाउँमै पाईने सिस्नुसंग कोदाको ढिँडा, रोटी, दूधदही , लोकल रक्सी खान पाइन्छ ।

होमस्टेमा सम्मा पुग्न राजधानी काठमाडौबाट ८२ किलोमिटर मोटरबाटो यात्रा गर्नुपर्छ । होमस्टे पुगेपछि गौरीशंकर, लाङटाङ दोर्जेलाक्पा हिमालका हिमश्रृङ्खलाहरु विहानको सूर्याेदयसंगै सजिलै अवलोकन सकिन्छ । साथमा सुनकाशीे नदी, शैलुङ तेमाल महाभारत लेक लगायतका ठाउँहरु अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ९ : ४८ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्