२०८१, १२ श्रावण शनिबार

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए


काठमाडौं, १२ माघ :  निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ । राजनीतिमा लागेमा हटाउने वा बर्खास्तसम्म गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ । तर उक्त व्यवस्था उल्लघंन गर्न प्रधानमन्त्री स्वयंमले कर्मचारीहरुलाई प्रेरित गरेका छन् ।

एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई राजनीतिमा तान्न प्रेरित गरेका हुन् । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुको भेला बोलाएका छन् उक्त भेलामा पार्टीको ब्यानर राखिएको छ ।

नेकपाको पेशागत विशेष जिल्ला कमिटिको आयोजनामा उक्त भेला गरिएको हो । प्रधानमन्त्री कार्यालय समयमै कर्मचारीहरुको गुटको भेला बोलाएका हुन् । भेलामा दर्जनौं सरकारी कर्मचारी उपस्थित भएका छन्, त्यो पनि कार्यालय समयमा ।

भेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटालगायतका कर्मचारीहरुको उपस्थिति छ । यसैगरी उर्जामन्त्री टोपबहादुर रायमाझी पनि भेलानमा गएका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाार्टी फुटाउनेको पक्षमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले आफ्नो पक्षमा सहयोग गर्न र मूलधारमै लाग्न कर्मचारीहरुलाई सल्लाह दिएका छन् । प्रशासन सेवा विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्नो कार्यालयमा बोलाएर कर्मचारीहरुलाई निर्देशन दिन सक्ने तर पार्टीको ब्यानरमा कर्मचारीहरुको भेला गर्न नसक्ने बताउँदै भने, ‘यो कानुनको भावनाविपरित हो ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ७ : ५६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्