२०८१, ८ बैशाख शनिबार

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन


काठमाडौं, १० माघ  :  सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको धारा ५३ र सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ अनुसार तयार पारेको सरकारको वार्षिक प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने कार्यलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा सरकाबाट भएका कार्य तथा प्राप्त उपलब्धि र शासकीय सुधार एवं सुशासन सम्बन्धमा भएका कार्य समेटेर तयार पारिएको सो प्रतिवेदनमा राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयन कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याएको जनाइएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रिय एकता र सुरक्षासम्बन्धी नीतिहरूको कार्यान्वयनबाट नीतिगत तथा कानुनी क्षेत्रमा व्यापक सुधार भएको छ । यसैगरी सोही अवधिमा सुगौली सन्धि एवं ऐतिहासिक तथ्य र प्रमाणका आधारमा नावी, कुटी, गुन्जीलगायत कालीनदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गरिएको छ । नेपालको संविधानको दोस्रो संशोधनबाट नेपालको अद्यावधिक नक्सा र निशान छापसमेत तदनुरूप परिवर्तन गरी प्रयोगमा ल्याइएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनका अनुसार गत एक वर्षमा मात्रै सीमा सुरक्षा र व्यवस्थापन गर्ने उद्देश्यले नेपाल–भारत सीमामा ४१० वटा नयाँ सीमास्तम्भ निर्माण गरिएको छ । त्यसैगरी भत्किएको अवस्थामा रहेका ६५ वटा सीमास्तम्भको मर्मत गरिएको छ । यस्तै सीमा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टको संख्या पनि ३६ वटा थप भई कुल १४३ पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा केन्द्रीय स्तरमा एकीकृत रणनीतिक सुरक्षा योजना स्वीकृत भएको छ भने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनाका लागि आवश्यक गृहकार्य थालिएको छ ।

प्रतिवेदनमा विगत एक वर्षमा देशको शान्ति सुरक्षाको अवस्था थप सुदृढ भएको जनाइएको छ । जसअनुसार दैनिक परिचालन, गस्ती जस्ता क्रियाकलापमा नेपाल प्रहरीको भौतिक उपस्थिति दर १७।८९ प्रतिशतले वृद्धि भएको छ । प्रतिप्रहरी र जनताबीचको अनुपात ३ सय ८० पुगेको छ । सो अवधिमा १ हजार ९७५ जना फरार अभियुक्तहरू पक्राउ गरिएको छ भने विभिन्न प्रकृतिका ४१ हजार ८९८ वटा मुद्दा दर्ता गरी अपराध अनुसन्धान कार्य गरिएको प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, १० माघ शनिबार  ८ : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता