२०८१, १२ श्रावण शनिबार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम


धुलिखेल ५ माघ : अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ ४ गते धुलिखेलमा सम्पन्न भएको छ ।

एजयतयद्दण्द्दज्ञण्ज्ञज्ञठप्बखचभघजिल्लामा २०२० जनवारी १ देखि डिसेम्बरसम्म एक वर्षको अवधिमा सङ्कलन गरिएको महिला अधिकार अन्तर्गत ४० ओटा भन्दा बढी घटना अभिलेख गरिएकोमा परिवारजनबाट तीन जनाको हत्या, कथित बोक्सीको आरोप तीन ओटा, बहुविवाह चार ओटा, बलात्कारका २५ ओटा, घरेलु हिंसाका पाँच ओटा रहेका छन् ।

बाल अधिकार उल्लङ्घनतर्फ २० ओटा घटना अभिलेख भएकोमा १७ जना बालिका बलात्कारबाट पीडित भएका छन् । साथै राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा नेपाल कम्न्युष्टि पार्टी (नेकपा) का पाँच जना कार्यकर्ता गिरफ्तार भएको अभिलेख रहेको छ ।

पूर्व समीक्षा कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले शान्तिपूर्ण रुपमा बाच्न पाउने अधिकार कसैले हनन गर्न नपाउने बताउनुभयो ।

उहाँले समाजमा हुने आपराधिक घटना कम गराउन समाजकै व्यक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसै गरी विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मावन अधिकार वर्ष पुस्तकमा समाजमा भइरहेका घटनाहरू उल्लेख गरेर राज्यलाई इन्सेकले झकझक्याउने गरेको बताउनुभयो ।

साथै उहाँले समाजमा हुने गरेका यस्ता घटनाका कारण पत्ता लगाएर न्यूनिकरणका लागि आवश्यक उपाय अवलम्बन गर्न राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक कृष्ण गौतमले मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरिने घटनाले आउँदा दिनमा समाजमा केकस्ता घटना हनसक्छन् भन्ने पूर्वअनुमान गर्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घनका घटनालाई कम गर्न सकिने बताउनु भयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले कतिपय ठाउँमा जघन्य अपराधका घटना समेत मेलमिलाप भएको आफूले सुनेको भन्दै मानव अधिकार वर्ष पुस्तकमा मेलमिलाप भएका घटनाका विषयलाई समेत समेटेर नयाँ संरचना अनुसार स्थानीय न्याय समितिबाट न्यायमा भइरहेका प्रगतिलाई उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक स्थानीय तहमा न्यायिक समिति मार्फत धेरै न्यायनिरुपण भएको भन्दै न्यायमा सबैको पहुँच अभिवृद्धि गर्न इन्सेकलाई सुझाव दिनुभयो । कार्यक्रमा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, काभ्रे बार लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

इन्सेकले हरेक वर्ष फागुन ७ गते प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि जिल्लामा अभिलेख भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा वर्षमा दुई पटक पूर्व समीक्षा गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  ८ : ४५ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्