२०८१, १३ बैशाख बिहीबार

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची


काठमाडौं, २९ पुस :  नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन् । दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौं हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ मा बसेको थियो । नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा आपसी हितका विषय बैठकको कार्यसूची तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुई देशबीचको व्यापार, पारवहन विस्तार, ऊर्जा तथा जलाधार क्षेत्रमा भएका विकासका प्रगति तथा आगामी परियोजना, सीमा विवाद, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार मुख्य कार्यसूची रहने छन् ।

त्यसैगरी लगानीमैत्री सहकार्य, कृषिमा दुईपक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यलगायतका अन्य कार्यसूची रहेको मन्त्रालयले मङ्गलबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले यसअघि गर्दै आएको सहयोगलाई विस्तार गर्दै त्यहाँ निर्मित खोप नेपालका लागि उपलब्ध गराउने विषय पनि एक महत्वपूर्ण कार्यसूची रहेकाले यस विषयमा थप समझदारी हुने अपेक्षा गरिएको छ ।

पाँचौँ बैठकमा छलफल र सम्झौता भएका विषयको थप प्रगतिको समीक्षाका साथै बाँकी रहेका कामलाई मार्गदर्शन गर्ने कार्यसूची पनि बैठकको छ । नेपाललाई समुद्रसँगको पहुँच र आन्तरिक जलमार्गको उपयोग, प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन, पञ्चेश्वर परियोजना कार्यान्वयन, सीमा विवाद समाधान पनि यो बैठकमा छलफल हुने जनाइएको छ ।

मन्त्री ज्ञवालीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा अन्य सरकारी उच्चाधिकारी रहनेछन् । मन्त्री ज्ञवाली तीनदिने भारत बसाइपछि माघ ३ गते साँझ स्वदेश फर्कने कार्यक्रम छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  ८ : २७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने