२०८१, १२ श्रावण शनिबार

धुलिखेलको चिसापानीमा थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन

धुलिखेलको चिसापानीमा थुछेछे छोर्ङान गुम्बाको नयाँ भवन


धुलिखेल २८ पुस : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ फस्कोट चिसापानीमा रहेको थुछेछे छोर्ङानको नयाँ गुम्बा भवन निमार्ण हुने भएको छ । गुम्बा निमार्णका लागी सिन्धुपाल्चोकका लामा गुरु सिंगे बहादुर लामाले ४४ लाख रुपौंया आर्थिक सहयोग गर्नुभएको थुछेछे छोर्ङान गुम्बाका संस्थापक भिम बाहदुर तामाङले बताउनुभयो ।

गुम्बा निमार्णका लागी आज नगर प्रमुख अशोक कुमार व्यञ्जुले शिलान्यास गर्नुभएको हो । साथै निमार्ण स्थलामा गुरु नाम्गेल लामा,दानविर सिंह लामा लगायतका गुरुहरुबाट विधिवत रूपमा पुजापाठ गरि सालाङ भुमि पुजा० समेत गरिएको छ । गुम्बाका संस्थापक तामाङका अनुसार अब निमार्ण हुने गुम्बा ३० फिट लम्बाई र ३० फिट चौडाईको हुने छ ।

यस्तै गुम्बा प्रवेशद्धार,ध्यान केन्द्र,लामा घर,स्तुपा वरीपरी एक सय ८ ओटा म्हाने तथा तामाङ संग्राहलय समेत निमार्ण गर्ने योजना रहेको उहाँले बताउनुभयो । गुम्बा निमार्णको कामलाई पुर्णता दिन वडा तथा नगरपालिका समेत लागी परेको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । उहाँका अनुसार गुम्बा निमार्णका लागी हाल नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ९ : ०७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्