२०८१, १२ श्रावण शनिबार

अमेरिकामा ट्रम्पविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश

अमेरिकामा ट्रम्पविरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेश


काठमाडौं, २८ पुस :  राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदमा महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि एक साता मात्रै पदमा रहँदा पनि ट्रम्पले थप तनाव दिनसक्ने अनुमान गर्दै त्यसअघि नै पदबाट हटाउन महाअभियोग लगाइएको हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

ट्रम्पकै रिपब्लिकन पार्टीका केही सांसदले पनि महाअभियोग प्रस्तावकै पक्षमा मतदान गर्न सक्ने अनुमान गरिएको छ । पहिलो पटक लगाइएको महाअभियोग प्रस्ताव टुंगो लाग्न महिनौ लागेको थियो । यसपटक समय कम भएकाले तत्काल यसमाथि बहस र मतदान गरी टुंगो लगाउनुपर्नेछ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई दोषी ठहर गर्न र पदबाट हटाउनका लागि माथिल्लो सदन सिनेटको दुई तिहाइ मत आवश्यक पर्छ ।

सिनेटमा रिपब्लिकन पार्टीकै बहुमत रहेकाले दुई तिहाइ मत पुग्न बहुसंख्यक रिपब्लिकन सांसदले पनि प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने हुन्छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी जनवरी २१ बाट पदभार सम्हाल्ने भएकाले समय कम भएको भन्दै कतिपय सांसदले महाअभियोग टुंगोमा पुग्नेमा आशंका व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ८ : ३६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्