२०८१, ९ बैशाख आईतबार

सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण

सात महिनापछि धरहराबाट उपत्यका अवलोकन गर्न आमन्त्रण


काठमाडौं, २८ पुस । नेपालीहरुको धरोहर धरहराको पुनर्निर्माण आगामी असार १६ गते सम्पन्न हुनेछ । निर्माण कार्यमा कोभिडले खासै असर नपारेको भनिएको धरहरा तोकिएको भन्दा आठ महिना ढिला सम्पन्न हुनेभएको छ ।४२ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको २२ तलाको ‘नेपालकै उत्कृष्ट आधुनिक संरचना’को हाल बीसौंतलामा काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धर बताउनुहुन्छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहरा भूकम्प गएको तीन वर्षपछि २०७५ भदौ २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको संयुक्तरूपमा जिम्मा पाएका चिनियाँ कम्पनी जीआई ईटीसी र नेपाली कम्पनी रमन जेबीले २०७७ असोज २० मा काम सक्नेगरी सम्झौता गरेका थिए ।कोभिड १९ का कारण केही समय काम रोकिएपछि निर्माण अवधि थप भएको मानन्धरले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो–‘यदि कोभिडले असर नपारेको भए आज हामी धरहराबाट काठमाडौं निल्याल्दै हुनेथियौं ।’

ऐतिहासिक धरहरा पुनर्निर्माणमा केही विदेशी प्राविधिकबाहेक सबै नेपाली गरी दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म कामदारले काम गर्दैआएका छन् । ३ अर्बकोे लगानीमा बन्न लागेको उक्त धरहरा पुनर्निर्माणमा नेपाली उत्पादनका ९० प्रतिशत सामग्री प्रयोग भएको जनाइएको छ ।दुई लिफ्टसहित एउटा फलामे भ¥याङ रहने धरहराको पहिलेको भन्दा चौडाइ ठूलो हुनेछ । लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ भने प्रत्येक तलामा एक सानो झ्याल हुने र धरहराको माथि पुगेपछि एकैपटकमा कम्तीमा ५० जनाले अवलोकन गर्नसक्ने ठाउँ हुनेछ ।धरहरामुनि दुई तलाको सपिङ सेन्टर बनाइँदैछ भने बाहिर बाँकी रहेको भागमा जमिनमुनि नै पार्किङ बनाइँदै छ ।

धरहरा चलाउन आर्थिक जोहोका लागि नयाँ अवधारणाका साथ सपिङ सेन्टरसहितको अत्याधुनिक र सुविधा सम्पन्न सपिङ सेन्टर निर्माण गर्न लागिएको भए पनि ती सपिङ सेन्टरमा नेपालमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिइने मानन्धरले जानकारी दिनुभयो ।धरहराको सपिङ सेन्टर हेरेपछि नेपालमा उत्पादन हुने कलात्मक वस्तुहरूको जानकारीका लागि पनि सपिङ सेन्टरको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । हरियाली बगैंचा, मनमोहक दृश्यसहित बन्न लागेको धरहराको गेटमा नेपाली गीतमा पानीको नृत्य देख्न सकिने तथा भित्र पसलमा राखिएका सामानहरूले नेपालको पहिचान झल्काउने परिकल्पना छ । भूपराज बस्यालले नेपाल समाचार पत्र दैनिकमा खबर छापेको छ ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ८ : २१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने