२०८१, १२ श्रावण शनिबार

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर 

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर 


काठमाडौं, २६ पुस :  बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटक–पटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् ।

‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्‍यो भन्ठानें, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसें अनि बहिनी झुण्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको हत्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइ बुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ पुस आईतबार  ८ : २३ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्