२०८१, १२ श्रावण शनिबार

काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या


काठमाडौं २५ पुस :   काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’

यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । अनलाइन खबरबाट 

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ९ : ४८ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय