२०८१, १२ श्रावण शनिबार

 मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ

 मन्दिरमै सामुहिक बलात्कारपछि हत्या, मुख्य अभियुक्त पुजारी पक्राउ


नयाँदिल्ली, २४ पुस :   भारतको उत्तर प्रदेशअन्तर्गत बदायुन जिल्लास्थित मन्दिरमा एक महिलालाई सामुहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अभियुक्त पुजारीलाई मेवली गाउँस्थित एक भक्तजनको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । गाउँलेले पुजारीलाई समातेर प्रहरीलाई खबर गरेका थिए । ती पुजारीबारे खबर गर्नेलाई ५० हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीले घोषणा गरेको थियो ।

बदायुन जिल्लाको उघैती क्षेत्रमा ५० वर्षीया महिलालाई सामुहिक बलात्कारपछि हत्या गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार ती महिला गत आइतबार साँझ मन्दिरमा पूजा गर्न गएका बेला यो घटना भएको थियो । बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि पुजारीका दुई साथीलाई पक्राउ गरिसकेको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : ३७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्