२०८१, १२ श्रावण शनिबार

अपराधीको निसानामा बालबालिका

अपराधीको निसानामा बालबालिका


काठमाडौं, २१ पुस :   घटना १ धनुषाको विदेह नगरपालिका–२ दुहबीकी रामपुकारी रायको जीवनमा पुस १६ गते राति बज्रपात आइलाग्यो। पाँच वर्षीय छोरा अभिनन्दन छिमेकीको भैंसीगोठमा गाडिएको अवस्थामा मृत फेला परे। आफन्त प्रमिलादेवी राय अमातले रकम लेनदेनलाई रिसइबी बनाएर अभिनन्दनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्यो।

घटना २

महोत्तरीको बर्दिबासकी ३० वर्षीया सबिना खातुनकी ६ वर्षीया छोरी गुलाब्साको मंसिर ७ गते बलात्कारपछि हत्या भयो। अघिल्लो दिनदेखि बेपत्ता गुलाब्साको शव नजिकै बाँसघारीमा बोरामा फालिएको अवस्थामा फेला परेको थियो। गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न समितिसमेत बनाएको थियो। प्रहरीले उक्त घटनामा संलग्न भएको अरोपमा महोत्तरीकै गौशाला–५ का २६ वर्षीय अरुण साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।

घटना ३

धनुषाको मिथिला नगरपालिका–६ का शम्भुकमार साहका अढाई वर्षीय छोरा आर्यनको २४ वैशाख ०७६ मा अपहरणपछि हत्या भयो। प्रहरीले उक्त घटनामा संलग्न अभियुक्तलाई एक महिनापछि पक्राउ गर्‍यो। अन्धविश्वासका कारण देवीदेवताको नाममा स्थानीय शत्रुघन महतोले बालकको हत्या गरेको प्रहरी अनुसन्धानले देखायो।

यी त प्रतिनिधि घटना मात्रै हुन्। यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन्। ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् ।

उनी भन्छन्, ‘हामीले प्रहरी समुदाय साझेदारी कार्यक्रमबाट सर्वसाधरणलाई सुचित गरेका छौं। पहिला अभिभावक पनि सचेत हुनुपर्छ।’ बालबालिकाको क्षेत्रमा थुप्रै सरकारी एवं गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन्। तर, बेला–बेला भइरहने आपराधिक घटनाले यी संस्थाका प्रयास निस्प्रभावीझैं देखाउँछ। अबोध बालबालिकामाथि हुने क्रूर घटनामा राज्य त्यतिबेला संवेदनशील हुन्छ, जब घटनाले उग्ररूप लिन्छ। सडक तात्छ। सदन तात्छ। तब मात्रै सरकारी निकाय बोल्छन्। अन्तिममा क्षतिपूर्तिको नाममा पीडित पक्षलाई थमथमाउने र पीडकलाई कानुनी दायरामा ल्याउने काम मात्रै भएको विभिन्न घटनाक्रमले देखाउँछ। सुवास गोतामेले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ८ : १० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्