२०८१, १२ श्रावण शनिबार

कांग्रेसद्वारा आन्दोलन घोषणा : प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन

कांग्रेसद्वारा आन्दोलन घोषणा : प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन


काठमाडौं, १९ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका थपआन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट थप सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको उनको भनाई छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।यसअघि कांग्रेसले गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ६ : ०५ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्