२०८१, १२ श्रावण शनिबार

धुलिखेल ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने

धुलिखेल ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने


धुलिखेल १४ पुस :  काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वडा स्तरीय,नगर स्तरीय, प्रदेश र संघ सरकार बाट बिनियोजित बजेट अनुसार ४० ओटा आयोजनाहरु संञ्चालन गर्न लागीएको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएर दोस्रो चौमासिक सुरु भए संगै बिकास निमार्णका कामहरु सुरु भएका छन् । वडामा संञ्चालन हुने खानेपानी आयोजना अन्र्तगत पण्डीत चौर ,आरुबोट,तिल खोरिया ,तिवारी टोल लगायत वडामा खानेपानि उपभोक्ता समिति गठनको काम सकिएको छ ।

यस्तै वडा भित्रका बिभिन्न सडक खण्डहरु मर्मत संभार र स्तर उन्नतीका लागी काम सुरु भएको छ । आरुबोट देखी तिल खोरिया सम्मको ग्रामिण सडक मर्मत संभार र स्तर उन्नतीका लागी ३० लाख रुपौया बजेट बिनियोजन गरिएको वडा अध्यक्ष धितालले बताउनुभयो । डाँडाँगाँउ–कल्छे–तिनपिप्ले जोड्ने सडक मर्मतमा लागी टेन्डर प्रक्रिया सुरु भईसकेको छ । यस्तै शान्तीपुर ढुङ्गाना गाँउ सडक मर्मत सम्भारका लागी समिति गठन भईसकेको छ ।

कालिदेवि विद्यालय हुदै पण्डीत गाँउ जानेसडकका लागी १० लाख, स्वास्थ्य चौकी बाटा नमोबुद्ध जाने सडक हुदै थुजेछे गुम्बा जाने सडकका लागी ११ लाख बिनियोजन गरिएको छ ।

वडा,नगर,प्रदेशर संघ बाट बिभिन्न क्षेत्रका लागी बिनियोजन गरिएको बजेटका आयोजनाहरु संञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ९ : ३९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्