काठमाडौं, १४ पुस : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनका लागि गोलबन्द हुन कर्याकर्तालाई निर्देशन दिएका छन् । आज संसद विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन ।’
बिगतमा केपी ओलीले गणतन्त्रको आन्दोलनको खिसिटिउरी गरेको भन्दै ओलीलाई गणतन्त्रप्रति माया नभएको आरोप लगाए । संसद विघटन भइसकेकाले ओली काम चलाउ भइसकेको उनको भनाई थियो ।
उनले आफू काम चलाउ भए पनि मानिसलाई मन्त्री, विभिन्न निकायमा नियुक्तिलगायतका लोभ देखाइरहेको बताए । ओलीको चाला बुझेकाहरुले अहिले मन्त्री पद अस्वीकार गरेर आफूतिर आइरहेको अध्यक्ष नेपालले बताए ।
प्रतिक्रिया