२०८१, १२ श्रावण शनिबार

चिनियाँ अधिकारीले दिएको नेकपा मिलाउन ‘चाणक्य नीति’

चिनियाँ अधिकारीले दिएको नेकपा मिलाउन ‘चाणक्य नीति’

भण्डारी, ओली, प्रचण्ड र नेपाललाई भेटेर सुझाव यस्तो छ


काठमाडौं, १४ पुस :  नेपालमा अमेरिका र भारतको प्रयोगले कम्युनिस्ट पार्टी विघटनतिर लागेको भन्दै चीनले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चाणक्य नीति सम्झिनका लागि अभिप्रेरित गरेको छ।

चाणक्यले भनेका थिए– अरुको गल्तीले सिक्नुहोस्, आफैंले प्रयोग गरेर सिक्ने प्रयास गरे आयु कम हुनेछ। चिनियाँ अधिकारीले नेकपाका तीनै नेतालाई सोभियत संघको उदाहरण दिँदै कम्युनिस्टका लागि उर्वर बनिरहेको नेपालको राजनीतिक व्यवस्थामा त्यस्तो गल्ती नगर्नका लागि सुझाव दिएका हुन्।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता यसैमा केन्द्रित हुँदाहुँदै नेकपा विभाजनमा जान लागेपछि चिनियाँ उपमन्त्रीसहितको चार सदस्यीय टोली नेकवा विवाद मिलाउन डेराडन्डा बोकेरै आएको थियो।

आइतबार र सोमबार यो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा नेताहरू प्रचण्ड र नेपाललाई भेट गरेको थियो। ‘चीनलाई घेराबन्दी गर्ने रणनीतिमा अमेरिका र भारत लागेको छ। चीन यो कुरामा जानकार छ। तर यसका लागि नेपाली भूमी प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो’, भ्रमण दलको नेतृत्व गरेका गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले भनेको छ।

नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पारे पनि नेपालको अवस्था स्थिर होस् भन्ने उनीहरूको चाहना रहेको थियो। यो विषय त राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा उनीहरूले खुलेरै भनेको सञ्चार विज्ञ टिका ढकालले बताएको विवरणमा उल्लेख छन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा पनि यो टोलीले विभाजनले कुनै राम्रो परिणाम नदिने भन्दै सम्हालिनका लागि आग्रह गरेको थियो। ‘विश्वमा कम्युनिस्ट प्रभावलाई रोक्न अमेरिकालगायतले निक्कै प्रयत्न गरेका थिए र अझै गरिरहेका छन्। यसैले विभिन्न माध्यमले नेपाल जस्तो मुलुकमा अस्थिरताको खेती हुन लागेको’ भन्ने उनीहरूको चिन्ता प्रधानमन्त्री ओलीले सुनेका थिए।

अहिलेको आन्दोलनको औचित्य भन्दा पनि एकताको माध्यम नै समस्या समाधानमा उपयुक्त हुने प्रचण्ड र नेपालसँगको भेटमा पनि टोलीले गरेको थियो। प्रत्यक्ष र परोक्ष रुपमा बुधबारसम्म यो टोलीले नेकपालाई मिल्नका लागि दबाब र सुझाव दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ३ : ४२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्