२०८१, १२ श्रावण शनिबार

चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै

चिनियाँ उपमन्त्रीेको टोलीले नेकपाको प्रचण्ड–नेपाल पक्षलाई भेट्दै


काठमाडौं, १३ पुस : विभाजित नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) लाई मिलाउने चीनको प्रयास जारी रहेको छ । नेकपा विभाजित हुँदा अस्थिरता बढ्ने चीनका राष्ट्रपति सी जिङ्गफिङ्गको सन्देश लिएर आइतबार नेपाल आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीले चिनियाँ टोलीसँग दुई घण्टा छलफल गरेका थिए ।

हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं आएको हो ।

पार्टी एकताको घोषणा गरेसँगै आन्तरिक कलहमा रुमलिएको नेकपाको विवाद समाधान गर्न यसअघि पटक–पटक नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भए पनि सफल हुन नसकेपछि राष्ट्रपति सी चिनफिङले विशेष दूत पठाएका हुन् ।

उपमन्त्री येचौको टोलीले दुई समूहमा विभाजित नेकपाका नेताहरुलाई एकताका लागि आग्रह गर्ने स्रोतले जानकारी दिएको छ । टोलीले आज  नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल र कृष्णबहादुर महरालगायतलाई भेट्ने बताइएको छ ।

उपमन्त्री येचौ यसअघि पनि तत्कालीन नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भए लगत्तै २०७४ सालमा काठमाडौं आएका थिए । उपमन्त्री येचैलाई नेकपा एकताको बाहिरी सूत्रधार पनि मानिन्छ । चार दिन नेपाल बस्ने टोलीले नेकपा विभाजनपछिको राजनीतिक परिस्थिति र विभाजनको कारणबाट बुझ्न चाहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  १० : १३ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय