काठमाडौं १२ पुस : प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटनमन्त्री विजयकुमार विश्वास रहेका छन् ।
राजीनानमा दिने मन्त्रीहरु प्रचण्ड माधव नेपाल पक्षका हुन् । उनीहरुको राजीनामा भने मुख्यमन्त्रीसम्म पुगेको छैन । यसैबीच प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय समेत गरेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन मन्त्रिपरिषदले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईले शनिवारमात्रै अर्थमत्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए ।
प्रतिक्रिया