२०८१, १२ श्रावण शनिबार

नेकपा विभाजनपछिको परिस्थिति र कारण बुझ्न चिनियाँ उपमन्त्रीको टोली नेपाल आउँदै

नेकपा विभाजनपछिको परिस्थिति र कारण बुझ्न चिनियाँ उपमन्त्रीको टोली नेपाल आउँदै

विभाजित नेकपाका दुबैतर्फका शीर्ष नेताहरुसँग भेटवार्ता हुने


काठमाडौं, १२ पुस :  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज ९आइतबार० नेपाल आउँदै छ । सत्ताधारी दल नेकपामा विभाजनपछिको राजनीतिक परिस्थिति र विभाजनको कारण बुझ्न चार सदस्यीय चिनियाँ टोली आउन लागेको हो ।

उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहने जनाइएको छ । त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले यहाँ रहँदा सत्ता पक्षको नेकपा र सत्ता बाहिरको नेकपाका दुवै टोलीका शीर्षस्थ नेताहरूसँग भेटघाट गर्ने र त्यसका लागि समय लिने काम भएको छ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरू ग्राउन्डमै आएर नेकपा विभाजनको अवस्था के रहेछ भनेर बुझ्न खोज्नु भए जस्तो लाग्छ ।’

नेकपा विभाजनपछि चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो । नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो । नेपाल र चीनका दुई कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध विकास भएको थियो । नेकपाको स्कुल विभाग र चीनको अन्तर्राष्ट्रिय विभागका तर्फबाट गत वर्ष असोजमा काठमाडौंमा कार्यशाला सम्पन्न भएको थियो ।

उक्त कार्यशालामा सी चिनफिङ पथबारेको वैचारिक राजनीतिक प्रशिक्षण, लगत्तै चीनका राष्ट्रपति सीको नेपाल भ्रमणलगायत कारण पनि नेपालको कम्युनिष्ट पार्टी चीनतिर ढल्किएको विश्लेषण हुँदै आएको थियो । भारतसँगको सीमा विवादका कारण सम्बन्धमा खटपट भइरहेका बेला चिनियाँसँगको सम्बन्ध विकासले पनि सो खालको विश्लेषण हुँदै आइरहेको थियो ।

चीनले पनि नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झण्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो । सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो । विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो ।

तर, उसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेसम्मको कदम चालिहाल्छन् भन्ने विश्वास गरेको थिएन । ओलीको कदमपछि नेकपामा आएको विभाजनले चीनलाई चिन्ता र सक्रियता उत्तिकै मात्रामा बढाएर लगेको छ ।

त्यसपछि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँगको दौडधूप बाक्लो बनाइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् ।

यी भेटमा नेकपाको अझै एकता कति सम्भव छ भन्ने उनको चासोको विषय थियो । अध्यक्ष दाहालसँग उनले नेकपाको एकता गराउन अब सम्भव छ–छैन भनी जिज्ञासा राखेकी खुमलटार स्रोतले बताएको छ । तर, दाहालले पार्टी विभाजन आफ्नो पक्षले नभई ओली पक्षले गरेको र एकता टाढा पुगिसकेको बताएको जनाइएको छ ।

यो विभाजनको कारणभित्र एमसिसीदेखि विआरआईसम्मलाई हेर्ने दृष्टिकोण र पश्चिमाहरूसम्मको नेपालमा भइरहेको चलखेल कारण रहेको विषयमा श्रृंखलाबद्ध रूपमा आफ्नो धारणा राखिदिएको स्रोतले बताएको छ ।

नेकपाका अध्यक्षद्वय प्रचण्ड–माधव नेपाल समूहको विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ दूतावासले नेता गुओको भ्रमणबारे जानकारी गराएको बताए । आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा एमाले र माओवादीबीच एकीकरण भएको थियो । नयाँपत्रिका दैनिक 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : २७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्