२०८१, १२ श्रावण शनिबार

किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो

किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो


काठमाडौं, ९ पुस :  उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन् । निरन्तर बढिरहेको चिसोले कतिपय किसान बिरामी पनि भइरहेका छन् । तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ ।

आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभरि चिसो सडकमा धर्ना दिन्छन् र, साँझ धर्मशालामै फर्किन्छन् । सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका जिल्लाबाट आएका किसानको पछिल्लो ११ दिनदेखिको दैनिकी हो यो । बुधबार उनीहरूले उखुको लाँक्रा र हलो–जुवा प्रदर्शन गर्दै विरोध जनाए ।

सरकारले भने उनीहरूप्रति चासो दिन छाडेको छ । पछिल्लो पटक आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेका थिए । तर, किसानले पूरै भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । त्यसयता उनीहरूको सरकारसँग संवाद हुन सकेको छैन । ऋण खोजेर आएका किसानलाई खानबस्न पनि समस्या भइरहेको छ ।

केही दिनदेखि मनकारी हातहरूले भने किसानलाई सहयोग गरिरहेका छन् । ‘हाम्रो टिम नेपाल’ समूहले उनीहरूलाई गौशालाबाट माइतीघरसम्म ल्याउने र पुर्‍याउने तथा चिया–खानामा सहयोग गरिरहेको छ । सर्लाही उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार यो समूहले धर्मशालामै बेलुकाको खाना र दिउँसो आन्दोलनस्थलमै चिया खुवाइरहेको छ । त्यस्तै, बिहानको खाना अर्का एक व्यक्तिले धर्मशालामै खुवाइरहेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ८ : ४० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्