काठमाडौँ, ६ पुस : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा संसद विघटन नभएको बताएका छन् ।
बबरमहलमा प्रचण्ड नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले संसद विघटन नभएको ओली सरकार विघटन भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा भंग गर्न अघि सर्दा सरकार नै विघटन भएको उनले दावी गरे ।
उनले प्रधानमन्त्रीलाई संसद विघटनको कानुनी अधिकार नभएको समेत बताएका छन् । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’
प्रतिक्रिया