२०८१, १२ श्रावण शनिबार

बालुवाटारमा भएको नेकपा बैठकले गरेका के छन् निर्णयहरु ?

बालुवाटारमा भएको नेकपा बैठकले गरेका के छन् निर्णयहरु ?


काठमाडौँ, ७ पुस  :   बालुवाटारमा बसेको सत्तारुढ नेकपाले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।

ओली समूहको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता तोकेको हो । बालुवाटारमा भएको बैठकमा केन्द्रीय सदस्यहरु पनि विस्तार गरिएको थियो । मंगलबार नै तोकिएका प्रवक्ता बैठकमा भएको निर्णयबारे पत्रकारहरुलाई जानकारी गराएका थिए । ‘अध्यक्ष तथा प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले आज बैठकमा असाध्यै महत्वपूर्ण, तपाई९पत्रकार० हरु पञ्चलाइन भन्नुहुन्छ नि, त्यो पञ्चलाइन बोल्नुभएको छ,’ प्रवक्ता ज्ञवालीले भने ।

प्रवक्ता ज्ञवालीको वचारहरुको सम्पादित भाग यहाँ उल्लेख छ 

केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा खर्खरै सम्पन्न भएको छ । मुख्यतया २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ष्ट पार्टी माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ष्ट पार्टीको त्यतिबेलाको अवस्थामा ४४१ सदस्यीय केन्द्रीय कमिटी, जसको मुख्य अभिभारा दुईवर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो । निर्धाररित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेको र देश र जनताका सामु उपस्थित महत्वपूर्ण कार्यभारहरुमा ध्यान केन्द्रित गरेर राज्यको नेतृत्व गर्ने जुन एउटा ऐतिहासिक अवसर नेपाल कम्युनिस्ट पार्टीलाई प्राप्त छ, त्यसलाई ड्राइभ गर्ने गरी त्यसलाई अगाडि बढाउने सन्दर्भमा कमिटी आफ्नै केही समस्या अल्झिएको स्थितिलाई ध्यानमा राखेर परिवर्तित सन्दर्भमा नयाँ दायित्व पूरा गर्ने हिसाबले पार्टीको पहिलो अध्यक्षको हैसियतले कमरेड केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई विस्तार गर्नुभएको छ । अब नेकपाको केन्द्रीय समिति ११९९ सदस्यीय भएको छ । हाल यसमा १००३ जना सदस्यहरु रहने गरी केन्द्रीय कमिटीको विस्तार गरिएको म जानकारी गराउन चाहन्छु ।

दोस्रो कुरा, नेपाल कम्युनिस्ट पार्टीको एकता महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा सुरु गर्ने गरी महाधिवेशनको मिति निर्धारण गरिएको छ ।

तेस्रो, केन्द्रीय कमिटीको बैठकले विधानमा केही सामयिक संशोधनहरु गरेको छ । जसका बारेमा हामी तपाईहरुलाई विस्तृतमा जानकारी गराउने नै छौं । त्यो संशोधनको प्रयोजन पार्टीलाई अहिलेका आवश्यकताहरु पूरा गर्न सक्ने एउटा सक्षम र गतिशील पार्टी बनाउने प्रयोजनका लागि हो ।

र, चौथो केन्द्रीय कमिटीले सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको प्रतिनिधिसभाको विघटन र नयाँ निर्वाचनको घोषणालाई, त्यसको औचित्यलाई समर्थन गर्दै एकतावद्ध भएर निर्वाचनको तयारीमा लाग्ने संकल्प गरेको छ ।

बैठकमा सम्माननीय प्रधानमन्त्रीजीले के कारणले प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था सिर्जना भयो भन्नेबारेमा कमिटीका सदस्यहरुलाई प्रष्ट पार्नुभएको छ । पार्टी र संसदलाई देश र जनताका एजेण्डाहरुमा होइन, कोभिड १९ मा होइन, बाढी वा अरु प्राकृतिक विपत्तिबाट आक्रान्त जनताको पीडामा होइन, मुलुकले लिएको राष्ट्रिय स्वाभिमानको, राष्ट्रियता सुदृढीकरणको एजेण्डामा होइन, केही नेताहरुका कहिल्यै पनि सन्तुष्ट नहुने आकांक्षाहरुको एक किसिमले बन्धकजस्तो बनाएर अगाडि बढ्नै नसक्ने स्थिति सिर्जना गरिसकेपछि प्रतिनिधिसभाको ६४ प्रतिशत सदस्यहरुको समर्थन प्राप्त दलको नेता र प्रधानमन्त्रीको हैसियतले वहाँले प्रतिनिधिसभा विघटन गरेको जानकारी गराउनुभयो ।

र, सरकारले गरेका राम्रा कामहरु र पार्टीका सही विचारहरुलाई लिएर जनताको वीचमा जाने र लोकतन्त्र, राष्ट्रियता र सामाजिक–आर्थिक रुपान्तरण एवं समृद्धिको मुख्य एजेण्डालाई स्थापित गर्ने गरी सिंगो पार्टी पङ्तीलाई परिचालित हुन उहाँले निर्देशन दिनुभएको छ । सारतः आजको केन्द्रीय कमिटी बैठक यिनै कुराहरुमा केन्द्रित रहेको जानकारी म यहाँहरुलाई गराउन चाहन्छु । केन्द्रीय कमिटीको अर्को बैठक पुस ९ गते दिउँसो १ बजे बस्ने पनि तय भएको छ । र, बैठकलाई अब मूलतः निर्वाचनमा ओरियन्टेड गर्ने कुरामा बैठक केन्द्रीय भएको व्यहोरा म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : २०७७, ७ पुस मंगलबार  ७ : १९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्