२०८१, १२ श्रावण शनिबार

संसद् विघटनअघिका तीन महिना : रअ प्रमुखदेखि भाजपा नेताका नेपाल भ्रमण

संसद् विघटनअघिका तीन महिना : रअ प्रमुखदेखि भाजपा नेताका नेपाल भ्रमण


काठमाडौं, ६ पुस  :   प्रधानमन्त्री केपी ओलीले २८ असोजमा मन्त्रिपरिषद् पुनर्गठनका क्रममा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री कार्यालयमा ल्याए ।

प्रधानमन्त्री कार्यालयबाट समग्र सरकारको काम हेर्ने जिम्मेबारी भनिए पनि पोखरेललाई अधिकार प्रत्यायोजन गरिएन । अहिले पोखरेल विना विभागीय उपप्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री कार्यालयमा हाजिर गरिरहेका छन् ।

पोखरेललाई हटाइएपछि हिन्दुस्तान टाइम्सलगायत भारतीय सञ्चारमाध्यमले भारतसँग सम्बन्ध सुधारका लागि ओलीले यो कदम लिएको चर्चा गरे । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले २ जेठमा आइडिएसएद्वारा आयोजित वेबिनारमा नेपालले अर्को देशको उक्साहटमा भारतले लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा विरोध गरेको आरोप लगाएका थिए ।

त्यतिवेला नरभणेको भनाइ सेनाले खण्डन गरेन, रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ता दिएर कडा प्रतिवाद गरे । भारतप्रति अत्यन्तै आलोचनात्मक टिप्पणी गरिएको पोखरेलको अन्तर्वार्ताको भारतीय पक्षबाट विभिन्न च्यानलमार्फत प्रधानमन्त्री ओलीलाई विरोध आयो ।

ओली भारतसँग सम्बन्ध सुधारको प्रयास गरिरहेका थिए । भारतसँग सम्बन्ध सुधारका लागि ओलीले भारतीय रुचिअनुसार पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पोखरेललाई रक्षा मन्त्रालयबाट पाखा लगाएको एक सातापछि भारतबाट गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल ५ कात्तिकमा काठमाडौं आएर ओलीसँग भेटवार्ता गरे । भारतीय वायुसेनाको विशेष विमानबाट आएका गोयलले प्रधानमन्त्री ओलीसँग राति तीनघन्टा वार्ता गरे । गोयलको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो ।

नेपालमा उनको भ्रमणको विरोध भए पनि भारतले छिमेक नीतिको एउटा सरोकारवाला निकायको प्रमुखका रूपमा नेपाल पठाएको थियो । गोयल फर्केको दुई सातापछि १९ कात्तिकमा भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभणे नेपाल भ्रमणमा आए ।

गोयल र नरभणेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाए । संयोगवश गोयलको भ्रमणअघि नेकपाको आन्तरिक विवाद मिलाउन सक्रिय रहेकी चिनियाँ राजदूत होउ यान्छी त्यसपछि चुपचाप बसिन् । त्यसयता नेकपाको आन्तरिक जीवनमा चीनको चासो देखिने गरी प्रकट भएको छैन ।

नरभणेपछि ११ मंसिरमा भारतीय परराष्ट्रसचिव हर्षवद्र्धन शृंगलाको भ्रमण भयो । रअ प्रमुख गोयल, सेनाध्यक्ष नरभणे, परराष्ट्रसचिव शृंगलापछि २५ मंसिरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरे ।

नेकपा महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवालेले प्रधानमन्त्री ओली तथा उनीनिकटका नेता, प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा तथा जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेर दिल्ली फर्किए । उनी फर्केको दुई साता नबित्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार संसद् भंग भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : १० बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय