२०८१, १२ श्रावण शनिबार

नेपालमा खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी

नेपालमा खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी


काठमाडौं, ६ पुस :   सरकारले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजनिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरुका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ ।

कार्ययोजनाबमोजिम खरिद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक आमग्री, औषधि तथा उपकरणहरुका लागि छुट्याइएको बजेट मध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने जनाइएको छ ।

जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरुलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गर्ने उल्लेख छ । आकस्मिक प्रयोजनका लागि खरिद गर्न १५ प्रतिशत संघ र ५–५ प्रतिशतका दरले हरेक प्रदेशमा उपलब्ध गराइने उल्लेख छ । कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : ०५ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्