२०८१, १२ श्रावण शनिबार

काभ्रेमा कोरोना संक्रमणबाट कारण एक पुरुषको मृत्यु

काभ्रेमा कोरोना संक्रमणबाट कारण एक पुरुषको मृत्यु

निकोे हुनेको संख्या ३ हजार १७ पुगेको छ,


धुलिखेल ४ पुस कोरोना भाईरसको संक्रमणका कारण जिल्लामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपाका ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषमा मंसीर २६ गते भाईरसको संक्रमण पुष्टि भएको थियोे ।

उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा भाईरसका कारण मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । उनीहरु मध्ये १२ महिला र ३० पुरुष गरी ४२ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् । जिल्लामा भाईरस संक्रमित मध्ये उपचार पछि निकोे भएर शसनबार २ जना डिस्चार्ज भए संगै निकोे हुनेको संख्या हाल सम्म ३ हजार १७ पुगेको छ ।

यसैगरी शनिबार काभ्रेमा ७ जनामा संक्रमण पुष्टि भएको छ । बनेपाका ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना महिला र नमोबुद्ध नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ६३ पुगेको छ । जिल्लामा अझै एक सय ४ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ११ जना अस्पताल आइसोलेसनमा छन् भने ९३ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  १० : १४ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्