२०८१, २ माघ बुधबार

काभ्रेको नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास

काभ्रेको नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास

२१ ओटा नमुना घरहरु निमार्ण हुने


धुलिखेल ४ पुस  : काभ्रेको चौरीदेउराली गाँउपालिका वडा नम्बर २ नाग्रेगगर्चेमा एकिकृत नमुना बस्ती शिलान्यास गरिएको छ ।

शनिबार काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रेगगर्चेको खानीगाँउमा निमार्ण हुने तामाखानी एकिकृत नमुना बस्तीको शहरी बिकास राज्य मन्त्री रामबिर मानन्धरद्वारा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । नमुना बस्ती ३९ रोपनी १३ आना जग्गामा २१ ओटा नमुना घरहरु निमार्ण हुने वडा नं २ वडा अध्यक्ष दिनेश लामाले बताउनु भयो ।

निर्माण हुने नमुना घरहरु मध्ये ११ वटा तामाङ समुदायको मौलिक संस्कार, संस्कृती र ९ वटा नेवारी समुदायको संस्कार,संस्कृती झल्कने खालको घर निमार्ण हुने वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । यस्तै नमुना बस्तीको बिचमा सामुदायीक भवन, मोटरबाटोहरु, सबै घरहरुमा खानेपानीका धार, शिव मन्दीर र स्तुपा, पार्क लागायतका अन्य संरचनाहरु पनि निमार्ण हुने भ्एको छ । घर निर्माणका लागि ८४ लाख रुपैया बिनियोजन गरिएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले सुखी नेपाली,समृद्ध नेपाल बनाउने अभियान सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकार लागि रहेको बताउनुभयो । यस्तै बाग्मती प्रदेशका संसाद रत्न ढकालले कोशीपारीको बिकास निमार्णमा प्रदेश सरकारले विशेष महत्व दिएको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले बस्ती निर्माण छिटो सम्पन्न गर्न सहयोग गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ९ : ५७ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं