२०८१, १२ श्रावण शनिबार

दाहाल–नेपाल गुट भेलामा व्यस्त कार्यकर्तालाई यसरी बनाए निरास

दाहाल–नेपाल गुट भेलामा व्यस्त कार्यकर्तालाई यसरी बनाए निरास


काठमाडौं, ४ पुस  :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दवाव परिरहेका बेला असन्तुष्ट समूहले गुटगत भेला गरेर कार्यकर्ताहरूलाई निरास बनाइदिएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले शुक्रबार गुटगत भेला गरेर समस्या समाधानमा गम्भीर छैन भन्ने सन्देश दिएको चर्चा हुन थालेको छ । दाहाल–नेपाल समूहको भेलालाई उपाध्यक्ष वामदेव गौतमले बहिस्कार गरेर आफ्नै समूहलाई तनाब दिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीमाथि दवाव सिर्जना गर्ने नाममा दाहाल–नेपाल गुटको हर्कतको विरोध हुन थालेको छ । उनीहरूका कारण नेकपा झन् समस्यामा परेको नेताहरूले बताएका छन् ।

ओलीलाई दाहालले संगीन आरोप लगाएपछि नेकपाभित्र विवाद बढेर गएको छ । पार्टी संकट टार्नभन्दै लगातार तीन पटकसम्म स्थायी समितिको बैठक स्थगन भए पनि नेकपाका दुवै समूह एकातिर सहमतिको प्रचार र अर्कोतिर विभाजनसम्मका तयारी गरेका छन् ।

प्रधानमन्त्री ओली समूहले पनि मदन भण्डारी फाउण्डेशनका नाममा जिल्ला–जिल्लामा भेला र बालुवाटारमा शीर्ष नेताहरूको नियमित बैठक र परामर्श जारी राख्दै आएको छ ।

ओलीलाई साइजमा ल्याउन दाहाल र नेपाल समूहले जिल्ला र प्रदेशस्तरका भेला गरिरहेका छन् । दाहाल–नेपाल समूहको शुक्रबारको भेलालाई धेरैले आलोचना गरेका छन् । यो भेलाले सहमति खोज्ने कुरालाई टाढा गरिदिएको एक नेताले बताएका छन् ।

स्थगित स्थायी समितिको बैठक पुस ५ मा र केन्द्रीय कमिटी बैठक पुस १० मा बस्दैछ । बैठक बस्नु अगाडि नै आफ्नो पक्षमा माहोल बनाउन दाहाल–नेपाल समूहको कार्यले धेरैलाई तनाब बनाइदिएको छ

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  ८ : ०२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्