२०८१, ११ श्रावण शुक्रबार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता, थप छानविन गर्न अख्तियार पठाइने

स्वास्थ्य सामग्री खरिदमा अनियमितता, थप छानविन गर्न अख्तियार पठाइने


काठमाडौं, ३ पुस :  संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गरेको छ ।

महिनौंको छलफलपछि स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको ठहरसहित थप छानबिन र कारबाही गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो । समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानविन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालिएको थियो ।

यद्यपि समितिका सदस्यहरु नै यो विषयलाई त्यतिकै टुङ्गाउने कि छानबिनका लागि लेखी पठाउने विषयमा फरकफरक मत राखेका थिए । सदस्यहरु डा। मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखी पठाउने निर्णय गर्नुपर्ने पक्षमा देखिए भने अर्का सांसद प्रेम आले भने यो प्रकरणमा राज्य कोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नुको औचित्य नभएको बताएका थिए ।

समितिले कोही पनि व्यक्ति किटान नगरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको हो । यो निर्देशनसँगै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामाग्री खरिद प्रकरणको बहस सकिएको छ । समितिको महिनौंको छलफलले पनि दोषी को हो भन्ने सम्बन्धमा कुनै निर्णय गर्न सकेन ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द भयो । लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ ।

मन्त्रालयबाट कागजपत्र मगाएर गरेको अध्ययनमा कानुनी अधिकार नै नभएका विज्ञ सल्लाहकार डा। खेम कार्कीको नेतृत्वको वार्ता टोली बनाएर डिल गरेको र त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि मात्र स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : ४८ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय