२०८१, १८ आश्विन शुक्रबार

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन


हुम्ला, ३ पुस  : हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ ।

विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त गरिदिने प्रथालाई हुम्लामा न्येलु प्रथाका रूपमा चिनिन्छ । कानुनले वर्जित गरेको तर समाजमा विगतमा चलिआएको यो प्रथालाई कतिपयले कुप्रथा पनि भन्ने गर्छन् ।

पछिल्लो समय युवामा शिक्षा र चेतनाकै कारण गाउँमा यो प्रथा निकै घट्न थालेको पाइएको छ । यो परम्परा लामो समयदेखि रहे पनि यता चार वर्षमा यस्तो प्रथाअनुरूप बच्चा नजन्मिएको स्थानीय बताउँछन् ।

लिमीका तीनै गाउँमा युवती बढी तर युवक कम भएकै कारण न्येलु प्रथा विगतमा मौलाउन पाएको भए पनि केही वर्षयता लिमीबाट छोरी काठमाडौंँ र भारतका विभिन्न स्थानमा अध्ययन गर्न जान थालेपछि यो प्रथा कम भएको स्थानीय फुर्बु तामाङले बताए ।

लिमीका तीनै गाउँमा पहिलेबाटै न्येलु प्रथा मानेर बसेका महिलाको सङ्ख्या अहिले १६ छ । लिमीमा १४७ घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या छ । यो प्रथा अनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर राख्नुपर्ने चलन छ ।
न्येलुु प्रथाका १६ जनालाई बाबुले व्यवस्था गरेको घरमा बस्दै आएका छन् तर बच्चाको बाबुले भने केही जिम्मेवारी नलिने चलन अनौठो नै छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ७ : ४१ बजे

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु

घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरु (फोटो भिडियो)

काठमाडौं । बडादशैं २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको

देशभर ६० जनाको मृत्यु: ६४ बेपत्ता, खोजी कार्यजारी

काठमाडौं: पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर

मकवानपुरको सिस्नेरीमा प्रहरी चौकीसहित ३० घर बगायो

हेटौंडा । अविरल वर्षाका कारण कुलेखानी ड्यामको जलस्तर बढेपछि खोलिएको