२०८१, १२ श्रावण शनिबार

धुलिखेलका सबै विद्यालयहरुमा स्यनेटरी प्याड वितरण

धुलिखेलका सबै विद्यालयहरुमा स्यनेटरी प्याड वितरण


धुलिखेल ३ पुस :  काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य समाग्री बितरण गर्न सुरु गरेको छ । नगर क्षेत्रभित्रका २५ ओटा सामुदायिक विद्यालयहरुमा प्याड सहितको स्वास्थ्य समाग्री बितरणको कार्य सुरु गरिएको नगर उपप्रमुख बिमला कुमारी चैलागाईले जानकारी दिनुभयो ।

हाल सम्म ७ ओटा भन्दा बढी विद्यालयहरुमा स्यनेटरी प्याड सहित स्यानीटाईजर,मास्क,थर्मलगन लागायतका स्वास्थ्य सुरक्षाका समाग्रीहरु बितरण गरिसकिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा छात्राहरुको पढाई नछुटोस भन्ने उदेश्यले यो कार्यक्रम नगरपालिकाले गत वर्ष देखी नै सरु गरेको हो ।

विद्यालयहरुमा विद्यार्थीको संख्या अनुसार स्वास्थ्य समाग्री बितरणको कार्यलाई यो वर्ष पनि निरन्तरता दिईएको बताईएको छ ।  कोरोना संक्रमणको जोखीम कायमै रहेकाले विद्यालय संञ्चालन गर्दा आपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपाहरु अपनाईएको वा नअपनाईएको बारे अनुगमन गरिएको चौलागाईले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : ५३ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्