२०८१, २ माघ बुधबार

ट्रयाक्टर दुर्घटना सहचालकको मृत्यु, चालक गम्भीर घाइते

ट्रयाक्टर दुर्घटना सहचालकको मृत्यु, चालक गम्भीर घाइते


खोटाङ, १ पुस :  ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ ।

सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए । सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटना लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : ५१ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं