२०८१, १२ श्रावण शनिबार

नेकपाको स्थायी समितिको बैठक बस्दै, ओली सहभागी नहुने संकेत

नेकपाको स्थायी समितिको बैठक बस्दै, ओली सहभागी नहुने संकेत


काठमाडौं, १ पुस :  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी समितिको बैठक आज बस्दैछ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली सहभागी हुने वा नहुने भन्ने विषयमा आशंका रहेको छ । अध्यादेश जारी भएपछि नेकपाभित्र विवाद भएको छ ।

अध्यादेशप्रति नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध जनाइसकेका छन् ।

स्थायी समितिको बैठकमा अध्यक्ष ओली सहभागी हुने हुन् या होइनन् चासोको विषय बनेको छ ।

अध्यादेश ल्याएका ओलीविरुद्ध बहुमत स्थायी समितिका सदस्यहरू विरोधमा उत्रने निश्चित छ । यसको सामना उनले बैठकमा पुगेर गर्ने हुन् या होइनन् चासोको विषय छ ।

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ९ : १० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्