२०८१, १२ श्रावण शनिबार

बैंकहरुले ल्याए नयाँ ब्याज दर, कुन बैकको कति हेर्नुहोस् ?

बैंकहरुले ल्याए नयाँ ब्याज दर, कुन बैकको कति हेर्नुहोस् ?


काठमाडौं, १ पुस  :   चालू आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुने गरी नयाँ ब्याज दर तय गरेका हुन् ।

गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।

एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५।५ प्रतिशत तोकेको छ ।

त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६।५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०।३२ प्रतिशतदेखि १३।५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ ।

नेपाल एसबीआई बैङ्कले अमेरिकी डलरसहित २७ प्रकारका बचत योजनामा १ देखि ३ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६।५ प्रतिशत र संस्थागत र विदेशी नियोगतर्फको ४ देखि ६ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । लगानीतर्फ बैङ्कले १२।५ प्रतिशतदेखि १४।५ प्रतिशतसम्मको ब्याज तय गरेको छ ।

एनआईसी एसियाले साधारण बचतमा १।५ प्रतिशत र मुद्दती निक्षेपमा ६।५ प्रतिशत ब्याज दर तोकेको छ । यसअघि ंबैङ्कले मुद्दतिमा ९।७५ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो । नबिल बैङ्कले पनि विभिन्न अवधिको मुद्दती निक्षेपमा ४ देखि ८।१० प्रतिशतसम्म ब्याज दर तोकेको छ । बैङ्कले विभिन्न कर्जामा लिने ब्याज दर भने १०।३७ देखि ११।३७ प्रतिशतसम्मको तोकेको छ ।

१७ प्रकारका बचत योजना ल्याएको सनराइज बैङ्कले साधारण बचतमा २ देखि ३।५ प्रतिशसम्मको ब्याज दर तोकेको छ । विदेशी मुद्रा बचतमा पनि २ प्रतिशत ब्याज दर तय गरेको छ । बैङ्कले मुद्दतीमा भने ७ देखि ९।१० प्रतिशतसम्मको ब्याज दर सार्वजनिक गरेको छ । विभिन्न शीर्षकको कर्जामा १० देखि १३।५ प्रतिशतसम्मको ब्याज दर बैङ्कले तोकेको छ ।

माछापुच्छ«े बैङ्कले साधारण बचतमा २।५ देखि ४।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ७।२५ देखि ८।५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले कर्जाको ब्याज दर भने सार्वजनिक गरेको छैन । मेगा बैङ्कले साधारणतर्फ २।५ देखि ४।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीतर्फ ६।५ देखि ७।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।

विकास बैङ्कको पनि तोकियो

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले पनि नयाँ ब्याज दर तोकेको छ । विभिन्न २१ प्रकारका बचत योजना ल्याएको बैङ्कले ४ देखि ५।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले मुद्दती निक्षेपमा भने ७ देखि ९।७५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । लामो अवधिको व्यक्तिगत निक्षेपमा भने १३ देखि १४।५ प्रतिशतसम्मको ब्याज दर घोषणा गरेको छ । कर्जामा पनि बैङ्कले ४ देखि ५।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ ।

महालक्ष्मी विकास बैङ्कले साधारण बचतमा ४ प्रतिशतसम्मको ब्याज दर कायम हुने जनाएको छ । मुद्दती निक्षेपमा भने समयावधि अनुसार ६।५ प्रतिशतदेखि ८।५ प्रतिशतसम्म रहेको जनाएको छ । यसअघि बैङ्कले मुद्दतीमा ९ प्रतिशतसम्म दिँदै आएको थियो । बैङ्कले विभिन्न कर्जामा घर तथा गाडी कर्जामा भने १०।९९ देखि १२।९९ प्रतिशतसम्म तोकेको छ ।

ज्योति विकास बैङ्कले साधारण बचतमा ४ देखि ५।५० प्रतिशतसम्मको ब्याज दर तोकेको छ । त्यस्तै मुद्दतीमा ६।५ देखि ८।५ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । कर्जातर्फ भने बैङ्कले ११ देखि १३ प्रतिशतसम्मको कर्जा योजना सार्वजनिक गरेको छ । बैङ्कहरूसँगै विभिन्न सहकारी तथा फाइनान्स संस्थाले पनि नयाँ ब्याज दर तय गरेका छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ९ : ०७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्