२०८१, १२ श्रावण शनिबार

क्यानाडामा पनि कोरोना खोप लगाइँदै

क्यानाडामा पनि कोरोना खोप लगाइँदै

एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने


काठमाडौं, ३० मंसिर :  क्यानाडामा पनि कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी थालिएको छ । अमेरिकाले सोमबारदेखि नै आफ्ना नागरिकलाई यो खोप लगाउन शुरु गरिसकेको छ ।

क्यानाडामा पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’ उनले गएको बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए ।

त्यसअघि क्यानडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले खोप ल्याउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो । खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानडाको केन्द्रीय सरकारले गरिसकेको छ ।

क्यानडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउँदैछ । यो खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ । कोरोना भाइरसका कारण क्यानडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ । ऐजेन्सी

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : २२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्