२०८१, १२ श्रावण शनिबार

२४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी

२४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी

१,२७१ जना निको भएर घर फर्किए, ११ को मृत्यु


काठमाडौं २६ मंसिर  नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,२७१ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३०५ पुरुष र २३६ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म ४५५४, भक्तपुरमा ३७८ र ललितपुरमा ९४४ जना सक्रिय संक्रमित छन् ।

आज ९शुक्रबार० थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

गत २४ घण्टामा ७ हजार ४१४ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६१८ पुगेको छ । हाल ५१९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  ७ : २२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्