२०८१, १२ श्रावण शनिबार

 सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय, कांग्रेसको प्रदर्शन 

 सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय, कांग्रेसको प्रदर्शन 

सरकार विरुद्ध मंसिर २९ गते देशैभरि सडक प्रदर्शन


विराटनगर, २६ मंसिर प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको कांग्रेसको निष्कर्ष छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । सरकारलाई खबरदारी गर्न सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय छ ।

सरकारका गलत कदमविरुद्ध मंसिर २९ गते देशैभरि प्रभावकारी सडक प्रदर्शन गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय भएको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले मंसिर २९ को ७७ वटै जिल्लामा हुने सडक प्रदर्शनमा सहभागी बन्न सबै लोकतन्त्रप्रेमी नागरिकलाई आग्रह गरेको जानकारी दिए ।

कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ । कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै हिंसाको बाटोमा अघि नबढ्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको हो ।

‘मोरङमा बर्बर ढंगले भएको शिक्षक हत्याको विरोध गर्दछौँ, र दोषीलाई कडा कारबाहीको माग गर्दछौँ,’ प्रवक्ता शर्माले भने, ‘व्यक्तिहत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन हाम्रो आग्रह छ ।’ विप्लव समूहले सुराकी गरेको भन्दै मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोमबार अपहरणपछि हत्या गरेको थियो ।

सभापति देउवाले आगामी सोमबारको प्रदर्शनको व्यवस्थापनका लागि भनेर बैठक बोलाएका थिए । तर, नेताहरूले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर देखिएको र अरूले त्यसको फाइदा उठाउन खोजेको भन्दै महाधिवेशनको तयारी र सरकारका गलत क्रियाकलापको विरोधका कार्यक्रमलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशन प्रभावित नहुने गरी विरोधका कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए । ‘कांग्रेस हिंसाको पक्षमा छैन, हिंसाको बाटो रोजेको पटक्कै राम्रो होइन, अब पनि जनताको अधिकारलाई कुण्ठित गर्ने पक्षमा कोही पनि अघि नबढेको राम्रो हुन्छ,’ बैठकपछि नेता पौडेलले भने, ‘विप्लव मात्रै होइन, राजावादीहरूका लागि पनि हाम्रो त्यस्तै सुझाब हो ।’

नेता कृष्णप्रसाद सिटौलाले जेठभित्र महाधिवेशन गर्ने गरी पूर्वतयारी र सरकारका गलत गतिविधिका विरुद्ध प्रतिपक्षीको भूमिकालाई बढाउनुपर्ने धारणा राखे । बिहीबारै बसेको सिटौला समूहको भेलाले महाधिवेशन र सरकारका विरुद्धको प्रदर्शनलाई समानान्तर रूपमा लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

सिटौलानिवास चन्डोलमा भएको भेलाले सरकारका गतिविधिविरुद्ध प्रदर्शन गर्ने नाममा महाधिवेशनको तयारीबाट भाग्न नहुने निष्कर्ष निकालेको छ । ‘यो सरकारले गरेका भ्रष्टाचार, भ्रष्टाचारीको संरक्षण, महामारीको नियन्त्रणमा गरेको बेवास्ता, प्रहरी र कर्मचारीतन्त्रभित्रको राजनीतीकरण, जिल्ला तहसम्म भएको राजनीतिक विभेदलाई लिएर निरन्तर विरोध आवश्यक छ,’ बैठकको निष्कर्ष सुनाउँदै नेता सिटौलाले भने, ‘कमसेकम वर्षाअगावै महाधिवेशन सक्नुपर्छ, त्यसका लागि महाधिवेशनको तयारी र सरकारविरुद्ध प्रदर्शन समानान्तर रूपमा अघि बढाउनुपर्छ ।’

सिटौला समूहको भेलाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसले आफ्नो भूमिका बढाउनुपर्ने बताएको छ । ‘गणतन्त्र यसै आएको उपलब्धि होइन, ००७ देखिका क्रान्तिको उपज हो, यो ०६२–६३ को आन्दोलनको मौलिक उपलब्धि हो, गणतन्त्रकै कारण जनताका धेरै अधिकार बहाली भएका छन्,’ नेता सिटौलाले भने, ‘त्यसैले यो व्यवस्था जोगाउन कांग्रेसले भूमिका बढाउनुपर्छ ।’ बिहीबारको पदाधिकारी बैठकले सरकारका विरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन सबै जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।

सरकारले पक्षपाति व्यवहार गरेको, भ्रष्टाचार बढेको, सर्वसत्तावाद लादेर अधिनायकवादी चरित्र देखाएको कांग्रेसको आरोप छ । ठूला–ठूला भ्रष्टाचारका काण्ड र कोरोना महामारी नियन्त्रणमा सरकारको चरम लापरबाही हुँदा समेत सडक नउत्रिएको कांग्रेस तनहुँमा आफ्नै नेता पौडेलमाथि भएको दुव्र्यवहारपछि सडकमा उत्रिने निष्कर्षमा पुगेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : २९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्