२०८१, ८ बैशाख शनिबार

मृत्यु शैयाबाट कमान सि.ले श्रीमतीलाई संबोधन गरेको पत्र ‘प्रिय हाम्रो प्रेम बर्मुडा ट्रयाङ्गलमा फस्यो’

मृत्यु शैयाबाट कमान सि.ले श्रीमतीलाई संबोधन गरेको पत्र ‘प्रिय हाम्रो प्रेम बर्मुडा ट्रयाङ्गलमा फस्यो’

'मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु '


धुलिखेल २५ मंसिर  :  काभ्रेली कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक नेता कमान सिं लामाको कोरोनाका कारण मृत्यु भएको छ । नेता लामाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । लामा प्रति नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले शोक वक्तव्य जारी गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् । पारिवारिक स्रोतका अनुसार लामाको श्रीमतीसंग केही महिना अघिदेखि बेमेल रहेको थियो । लामाले अस्पतालको मृत्यु शैयाबाट श्रीमतीको नाममा मर्मस्पर्शी पत्र लेखेका छन् ।

हेर्नुहोस् लामाको पत्र

आमा नामनै कति मोहक शब्द “आमा” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिए । तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङगलमा फसेकोछ । तिमी यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु ।

प्रिय, तिमी त उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिए । ढोंगीहरुले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जाल झेल खेती सप्रेकोनै छ । सादा जीवन उच्च विचारका होर्दिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौ । त्यो कत्तिको सहज लाग्छ कुन्नी । मलाई त हाँडि घोप्टे जस्तो लाग्छ ।

ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ । सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टाँसेर झिली मिली बनाएछ । हाँडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोज्दै जाने प्रहरी र टुरिष्टले भेटेछ । यहि केशले हाँडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो । हाम्रा माहान पाका माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र विचार पनि मैले देखिन । थुईक्क जाली फटाहा द्रव्य पिशाचहरु ।

प्रिय मेरी,

प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय!
१.मेरो म्क्ष्न्ल्क्ष्त्थ् स्वाभिमानको ट्य्राङगल
२. चल अचल भौतिक सम्पत्ति प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु ।

यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राङगल ।
याद गर प्रिय मैले तिमीलाई सबै कुरो सम्पत्ति सम्म सुम्पें । तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यहि छ ।
बर्मूडा ट्य्राङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन । तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो । जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो । हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो । त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे । एक्कासी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो । ३ मिटर उत्तर सर्यो । पृथ्वी बीचमा उसिनेको अण्डा वीचमा फटाएको जस्तो फुट्यो । पृथ्वी दुइ भागमा बाँडियो । उत्तरी गोलार्ध पाँगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड । यहि घटनामा भूमध्य रेखीय क्षेत्रमा बर्मुडा ट्रयाङगल बन्यो । त्यो आज पर्यन्त अभेद्य छ । त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं ।

प्रिय,
तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिँदा मेरा केही सपनाहरु अधुरानै रहने भए । राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले । के कुरा गर्ने ? तिमी म दुइ मिली यो पृथ्वीमा फनक्क एक फन्को लगाउने । विश्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने । माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने । गोन्जालोको देश हेर्ने । माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएँ । त्यो तिमीले भाँडी दियौ ।

मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामीदुइ साथै गर्ने सपना अधुरै रहने भयो । ट्रान्स साइबेरियन ट्रेन चढेर ब्लादिभोस्तक जाने । उलान बटोर र ऐतिहासिक गोवि मरुभूमीमा उट चढने सपना अधुरै रहने भयो । मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान, वुसानम्यानले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्ययन गरी हाम्रो ठुँसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने । दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र सिप विज्ञान प्रविधिसँगै पढने ईच्छा अधुरै रहने भयो ।

हाम्रो शास्त्रले भनेको वुइसाझ, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्ययन भ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो । प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन । कोभिडसँग पैँठे जोरि खेल्दैछु । सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि । तर म आत्तिन्न । यो अन्तिम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम । आफ्नो पाउनु पर्ने त यो हालतमा दिँदैन भने मेरो निम्ती कहिलेलाई चाहियो रु यो जीवन मरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य रु लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु । बाँकी जीवन मोज गर । मैले पुरा गर्न नसकेको अधुरा काम अरुसँगै पुरा गर । आठै आस्वर्य हेर्ने घुम्ने भोक मैले नै जगाइ सकेकोछु तिमी सक्षम पनि छौ ।

लौ बधाई  छ प्रिय
२८ र ३० बर्ष तिम्रो साथ  । ६ र ७ महिना बाहेक ज्यादै सुखद नै रह्यो । यो ६ र ७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएँ । मेरो सेयरको करीब दूइ बर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो । उस्ले पैसा नदिए सिधै म सँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौँ या रिजनब्ली मिल्न आए मिल्ने ।

प्रिय,

यदि तिमी जाली फटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने । सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय । कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय । यदि म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु ।

यो मेरो बिन्ती 

को हुन कामन सिं लामा

कमान सिं लामाको जन्म २००८ साल फागुन ९ गते बुबा चन्द्र सिं लामा र आमा मिश्रीमाया लामाको कोखबाट भएको थियो । २०३३ सालमा कमरेड निर्मल लामा नेतृत्वको ने.क.पा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएका कमरेड लामा २०३५ सालमा मेरो नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य हुनुभयो । २०६३ सालमा पुनरस्थापित संसद सदस्य रहनुभएका उहाँ दक्षिण कोरियाका राजदूत हुनुभएको थियो ।’ नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर र जातीय पहिचान र आत्मनिणर्यको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहँदै आएको थियो । लामाका दुई श्रीमतीहरु, १ छोरा र ४ छोरीहरु हुनुहुन्छ ।

 

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ८ : ५९ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता