काठमाडौँ २५ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । बैठक आगामी मंसिर २८ गते प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा संवैधानिक नियुक्तिको रहने बताइएको छ । हाल संवैधानिक आयोगहरूको झण्डै ४ दर्जन पद रिक्त छन्। राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। यस्तै निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्।
यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ ।
प्रतिक्रिया