२०८१, १२ श्रावण शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु

मृतकको संख्या १६६३ पुग्यो, १२ हजार ३८६ जना आइसोलेसनमा


काठमाडौं, २५ मंसिर  :  पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमितले मृत्यु भएका छन् ।  यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा  १ हजार २१७ जना नयाँ  कोरोना संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ७ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६५० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ३८६ जना आइसोलेसन र ५१५ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ७ : २३ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्