काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज २१ जना डिस्चार्ज भएका छन् । जिल्लाका संक्रमित मध्ये हाल सम्म २ हजार ७ सय ३१ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा आज २१ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुमा बनेपाबाट २ पुरुष र ५ महिला,धुलिखेलबाट १ महिला ५ पुरुष,पनौतीबाट १ महिला, पाँचखालबाट ४ पुरुष, मण्डनदेउपुर नगरपालिका १ पुरुष,बेथाचोक गाँउपालिका १ महिला र १ पुरुष रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २८ पुगेको छ । अझै जिल्लामा २ सय ५९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो ।
यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको छ । धुलिखेलका ६७ वर्षिय संक्रमित महिलाको धुलिखेल अस्पतालमा आज ज्यान गएको हो । ति महिलामा कार्तिक २८ गते संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका ११ महिला र २७ पुरुष गरि ३८ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया