२०८१, १२ श्रावण शनिबार

प्रधानमन्त्रीओली र प्रचण्डद्वारा राष्ट्रपतिसंग छुटाछुटै भेटवार्ता

प्रधानमन्त्रीओली र प्रचण्डद्वारा राष्ट्रपतिसंग छुटाछुटै भेटवार्ता


काठमाडौं १८ मंसिर  : प्रधानमन्त्री केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसंग छुटाछुटै भेट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र चर्किएको विवादबारे छलफल गर्न लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै भेट गरिन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो । नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउने संवैधानिक व्यवस्थाअनुसार नै ओली शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो । महिला हिंसासम्बन्धी कानून संशोधनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिले राखेको चासोबारे प्रधानमन्त्रीसँग छलफल भएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए । ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ९ : २१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्