२०८१, ९ बैशाख आईतबार

काभ्रेको महाभारत गाउँपालिकाको शिक्षामा मनलाग्दी, काम नगर्नेलाई पुरस्कार, काम गर्नेलाई सरुवा

काभ्रेको महाभारत गाउँपालिकाको शिक्षामा मनलाग्दी, काम नगर्नेलाई पुरस्कार, काम गर्नेलाई सरुवा


धुलिखेल, २१ कातिकः काभ्रेको अति दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी गर्न थालेको छ । पछिल्लो पटक गाउँपालिकाको वडा नम्बर १ मा रहेको भैरव माविका प्रधानाध्यापक खुबनाथ दुलाललाई अनावश्यक सरुवा गरेपछि पालिका प्रमुख कान्छालाल जिम्बा र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालको नियत प्रष्ट भएको हो ।

पालिका अध्यक्षको मिलेमत्तोमा प्रमुख प्रशासकीय अधिकृतले हिजो एक पत्र मार्फत विद्यालय ब्यवस्थापन समितिलाई समेत कुनै जानकारी नगराई भैरव माविबाट सरुवा गरेको प्रधानाध्यापक दुलालले बताउनुभयो । दुलाललाई सोहि गाउँपालिकाको वडा नम्बर ३ स्थित जनकल्याण प्राथमिक विद्यालय, गोलडाँडामा सरुवा गरिएको छ । दुलालको सरुवा बारे प्रमुख प्रशासकीय अधिकृतले आफुलाई एक शब्द पनि नसोधेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताउनुभयो । ‘यो प्रशासनिक कुरा हो, प्रमुख प्रशासकिय अधिकृतले मलाई प्रशासनिक कुरामा टाउको नदुखाउनु अध्यक्ष ज्यू, पालिकाभित्रका कुन कर्मचारीले कति राम्रो र कति नराम्रो काम गरेको छ, त्यो अनुसार म ब्यहार गर्छु भन्नु भएको छ, अध्यक्ष जिम्बाले भने ।

प्रमुख प्रशासकीय अधिकृत बरालले शिक्षा शाखा प्रमुख समेत नभएको मौका छोपेर प्रधानाध्यापक दुलाललाई सरुवा गरेका हुन् । गाउँपालिकाभित्र अन्य कुनै पनि प्रधानाध्यापकको सरुवा गरिएको छैन । तर बरालले शिक्षा ऐन तथा महाभारत गाउँपालिकाको विद्यालय शिक्षा सञ्चालन ब्यवस्थापन तथा नियमन कार्यविधि २०७४ को हवाला दिदँै सरुवा गरेको पत्रमा भनेका छन् । सरुवाका बारे थप बुझ्न खोज्दा बरालले पालिकाको छुट्टै शिक्षा ऐन बनेको र कार्यविधिको आधारमा सरुवा गरेको भन्दै अन्य कुरा टेलिफोनमा गर्न नसक्ने जवाफ दिए ।

प्रधानाध्यपाकलाई सरुवा गर्नुको कारण
भैरव माविलाई अहिलेको यो अवस्थामा पुर्याउन प्रधानाध्यापक दुलाललाई ठूलै योगदान गरेका छन् । डाँडापारीक्षेत्रकै पहिलो एसएलसी सेन्टर सञ्चालन देखि अहिले गाउँमै बाली विज्ञान विषयको पठनपाठन गराउन पनि दुलालले निकै पहलमा गरे । अहिले बाली विज्ञान अन्तर्गत कक्षा १० मा ४२ र ९ कक्षामा ३० विद्यार्थी छन् ।

टेकराज घिसिङ पनि भैरव माविकै शिक्षक हुन् । उनी २०७२ अघि खानीखोला गाउँपालिकामा बालविकास दरबन्दीमा कार्यरत थिए । पछि उनलाई भैरव माविमा निमावि तहको अग्रेंजी विषय पढाउन लगियो । घिसिङ त्यस्ता शिक्षक हुन् । जो आफैले पढाउने विद्यालयमा पढे बिग्रिइन्छ भनेर बालबालिकालाई भड्काउने काम गर्थे ।

हरेक महिना विभिन्न बहानमा विद्यालयलाई कुनै जानकारी हिड्ने घिसिङका विषयमा लिएएको निर्णय नै प्रधानाध्यापक दुलालको सरुवाको कारण बनेका छन् । विद्यालयको तलब खाने तर नपढाउने भएपछि विद्यालय ब्यवस्थापन समितिको बैठक घिसिङलाई स्पष्टिकरण सोध्यो । घिसिङलाई पटक पटक लिखित र मौखिक स्पष्टिकरण लिइएको छ ।

घिसिङ २०७६ साल चैतमा भएको कक्षा आठको परीक्षामा समेत सहभागि नभएको पाइएको छ । परीक्षामा नखटिएको कारण समेत घिसिङले नखुलाएपछि विद्यालय ब्यवस्थापन समिति र इलाका प्रहरी कार्यालयको रोहवरमा छलफल भयो । तर निष्कर्ष कुनै निस्किएन, लगत्तै लकडाउन सुरु भयो । विद्यालय बन्द भयो ।

तर असोज देखि विद्यालय खुल्यो । फेरी छलफल भयो । उनले कुनै जवाफ दिएनन् । उल्टै विद्यालयहरुलाई भड्काई रहे । त्यसपछि विद्यालय ब्यवस्थापन समितिले असोजसम्म आइपाइ आएको सम्पुर्ण तलब भत्ता दिने र हाजिर नगराउने निर्णय गर्यौ । विद्यालय त्यो निर्णय महाभारत गाउँपालिकालाई पनि पठायो । शिक्षक घिसिङलाई पनि विब्यसले गरेको निर्णय सुनाउँदै गाउँपालिकामा सम्पर्क गर्न भनियो ।

त्यसपछि कात्तिक १९ गते प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बरालले प्रधानाध्यापक खुबनाथ दुलाल फोन गरेर निर्णय फिर्ता लिन दबाब दिए । दुलाल विब्यसको निर्णय आफुले उल्टाउन नक्सने र विद्यालयमा ती शिक्षकलाई राख्द शिक्षा थप खस्ने जवाफ फर्काए । त्यसैको भोली पल्ट कात्तिक २० गते प्रमुख प्रशासकीय अधिकृत बरालले दुलाललाई सरुवा गरेको पत्र पठाइदिए ।

पालिका प्रमुख जिम्बाको मिलेमत्तोमा दुलालसँग ब्यक्तिगत रिसिइबी साध्न प्रमुख प्रशासकीय अधिकृत बरालले पत्रपठाएको स्रोतको दाबी छ । पालिकाले विद्यालय ब्यवस्थापन समिति, वडा कार्यालय र सम्बन्धित प्रधानाध्यापकलाई समेत कुनै जानकारी नगराइ सरुवाको पत्र थमाएको हो ।

पालिका अध्यक्ष जिम्बासँगको टेलिफोन कुराकानीमा दुलालमाथिको सिर प्रष्ट देखिन्थ्यो । ‘शिक्षाको कर्मचारी गाउँपालिकामा पठाएर के गर्ने ? मान्छेको जागिर खाइदिन मिल्छ ? जागिरको म्याद नथप्ने भनेको के हो ? अध्यक्ष जिम्बाले भने ।

तर दुलालले भने आफुले कसैको जागिर नखाइदिएको, बरु नपढाउने शिक्षकलाई दण्डीत गर्न खोज्दा आफ्नो सरुवा गरेको दाबी गर्नुभयो । ‘म डाँडापारी जस्तो विकट क्षेत्रमा पनि शिक्षा क्षेत्रलाई गुणात्मक बनाउने उद्देश्यले लागि परेको थिए, नपढाउने, विद्यार्थी, शिक्षक र अभिभावक बीच गुटबन्दी गर्ने शिक्षकलाई विब्यसले कारबाही गरेको हो, तर पालिका अध्यक्षले पूर्वाग्रहि ढंगबाट सरुवा गर्नुभयो, प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर ।’

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार  ८ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने