२०८२, १८ कार्तिक सोमबार

काभ्रे बेथानचोकका कमलले गाउँमै गरे कमाल (फोटो फिचर)

काभ्रे बेथानचोकका कमलले गाउँमै गरे कमाल (फोटो फिचर)


धुलिखेल, १३ कात्तिकः ऐतिहाहिक धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको पनौतीबाट हुईकिदा करिब एक घण्टामा पुगिन्छ काभ्रेको बेथानचोक गाउँपालिकाको कार्यालय ढुंखर्क । ढुंखर्कबाट ३ किलो मिटर टाढाको दुरिमा छ कृष्णगोपाल माबि । महाँकाल डाँडामा पुगेपछि जो कोहीको पनि सिधा नजर ठोकिने गर्छ, माउन्ट महाभारत होमस्टे र कमल नेपालको घरमा ।

पर्यटकलाई बसाउन होमस्टे । अनि गाउँघरको रहन सहन बुझ्न पुग्ने आन्तरिक हुन वा बाह्य पर्यटक चखाउन आफ्नै खेतबारीमा विभिन्न थरिका तरकारी । आफ्नै ठाउँलाई समय अनुसार सहि सदुपयोग गर्यो भने आम्दानीका लागि विदेशी नै धाउनु नपर्ने उनले प्रमाणित गरेका छन् । करिब ४ वर्षदेखि होमस्टे चलिरहेको छ । अहिले कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटकहरु आएको छैन् । तर आन्तरिक पर्यटकहरुको उपस्थितिले कमललाई सन्तुष्टिनै दिएको छ ।

देशमा राजतन्त्र ढाल्न र जनताका शासन स्थापित गर्ने क्रममा छापामार बनेर युद्धमा होमिएका कमल अहिले ब्यवहारिक रुपमै कृषि र पर्यटनलाई एकैसाथ अघि बढाइरहेका छन् । हाल कमल नेकपा बागमती प्रदेशको संस्कृति पर्यटन तथा नागरिक उड्यन विभागको सदस्यको छ छन् । सर्बहारा बर्गको मुक्तिका लागि जनयुद्वमा होमिदाँको नमिठो अनुभव छ कमलसँग । ‘उ बेला आफैमा भयावह थियो, अहिलेको जस्तो सामान्य जीवन जिउन पाईन्छ भन्ने आशा थिएन कमलले भने ‘ अहिले सबै कुरा ठीक छ, आफ्नै ठाउँमा पर्यटनको प्रचुर सम्भावना देखेको छु ।’

खेतमा गोलभेडा, काउली, बन्दा, च्याउ लगायतको तरकारी । बारीमा लोभलाग्दो मुला । ‘तरकारी र मुलाले यो क्षेत्रको फाँटै नै हरियो बनेको छ । आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु , गोडमेल, समयमै सिंचाई र मलजलको मिलाउनमै ब्यस्त हुन्छन् कमल ।

आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेतीको स्याहार सुसार गर्न भ्याई नभ्याई छन् कमल । बारीभरी कमलले लगाएको मुला र तरकारीले मनै आनन्दित बनाउने गरेको छ । आफु मात्रै खाने होइन्, अरु पनि खुवाउने हो, अब हामी ब्यवहारिक रुपमै ब्यवसायीक किसान हुन आवश्यक छ, उनले भने ‘गाउँमै केहि गर्न सकिन्छ, यहाँको प्राकृतिक स्रोत साधनको दुरुपयोग होइन् सदुपयोग गरेर आम्दानी गर्न सकिन्छ ।’

जनयुद्ध सकिएपछि उनी एनजिओमा काम गर्न थाले । त्यहि क्रममा युरोपियन एक जना साथीसँग भेट भयो । उनै साथीले बेथानचोकमा रहेका पर्यटकीय सम्भावनाका बारे बताए । साथीको सुझावपछि कमल घोत्लिए । भावी योजना बनाउन सुरु गरे । गाउँमा अहिले कमल कृषक मात्रै होइन एक सफल पर्यटन ब्यावसयका रुपमा समेत चिन्छन । ‘जनयुद्धमा होमिदाँ पनि खासै बिष्मत छैन, खासै केहि गुमाए जस्तो लाग्दैन, समाजलाई अझधेरै बढी बुझ्ने मौका पाए कमलले भने ‘यसैमा गर्ब छ ।’

आईटि पढेर शिक्षक बन्ने ठूलो धोको थियो कमलको । त्यो सपना पुरा भएन् । र पनि उनलाई पछुतो छैन् । किन भने आफ्नै ठाउँमा केहि गर्न सकिन्छ भनेर धेरै युवाहरुको प्रेरणाको स्रोत बनेका छन् कमल । कमलको कृषि फाममा आफै फलाउने, आफै खाने अनि गाउँघर घुम्ने पर्यटक धेरै आउने गरेका छन् । अहिले उनले महाभारत लेकमै टेण्ड राखेर पर्यटकलाई थप सेवा दिइरहेका छन् । हाइकिङ गर्न जानेहरुका लागि यो ठाउँ उपयुत्त गन्तब्य बनाउन पनि कमल सफल भएका छन् ।

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  १० : ०७ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या