२०८१, ९ बैशाख आईतबार

काभ्रेमा कोरोना संक्रमण उच्च जोखिममा आज ३३ नयाँ संक्रमण पुष्टि, एक महिलाको मृत्यु

काभ्रेमा कोरोना संक्रमण उच्च जोखिममा आज ३३ नयाँ संक्रमण पुष्टि, एक महिलाको मृत्यु


धुलिखेल २  कार्तिक  : काभ्रेका कोभिड १९ कोरोना भाईरस संक्रमणको दर उच्च रहेको छ । आईतबार ३३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा एक हजार दुई सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रमुख डाक्टर झाका अनुसार आईतबार संक्रमण हुनेहरुमा पनौती नगरपालिकाका ७ पुरुष र १० महिला, बनेपा नगरपालिकाबाट ५ पुरुष र ५ महिला,मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला र बेथानोक गाँउपालिकाका १ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये जिल्लामा ६८६ जना उपचारपछि घर फर्किएका छन् भने ५ सय ४४ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनसार १४८ जना अस्पताल आईसोलेसनमा र ३९६ जना होम आईसोलेसनमा उपचार भैरहेको छ ।

यसैगरी कोरोना भईरसका कारण धुलिखेल अस्पतालमा एक महिलाको ज्यान गएको छ । भक्तपुर घर भएका ५२ वर्षीय महिलाको उपचारको क्रममा ज्यान गएको बताईएको छ ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ७ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने